Photo Gallery

आज मिति २०७३।१२।०१ गते नयाँ उपमहानगरपालिकाको कार्य प्रारम्भ निमित्त सबै दल प्रतिनिधिहरु, कर्मचारीहरुको उपस्थितिमा औपचारीक कार्यक्रम आयोजना गरी नियमित कार्य सञ्चालनको शुरुवात गरीयो । उक्त कार्यक्रममा नयाँ उपमहानगरपालिकालाई घोषण भएपछिको चुनौतिहरुको बिषयमा उपस्थित प्रतिनिधिहरुले आ-आफ्नो बिचार राख्नुभयो । 

उपमहानगरपालिका कार्य प्रारम्भ समारोहमा बोल्दै सहभागी, उपमहानगरपालिका कार्य प्रारम्भ समारोह

गढीमाई नगरपालिकाको कार्यालय, जितपुरको आ.व. २०७३।७४ को दोश्रो चौमासिक र्सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७३।११।२५ गते ग.न.पा. १५ स्थित डुमरवानाको संयुक्त वडा कार्यालय हल मा सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सेवाग्राहिले नगरपालिकाले प्रबाह गर्ने बिभिन्न सेवा सुबिधा बिषयमा प्रश्नहरु गरेका थिए ।

मिति २०७३।११।२९ गतेको दिन नयाँ जितपुर सिमरा उपमहानगरपालिका घोषणा भए लगत्तै उपमहानगरपालिकाका कर्मचारी साथै पत्रकारहरुको संलग्नतामा नयाँ बोर्ड परिवर्तन गरी औपचारीक रुपमानै जितपुर सिमरा उपमहानगरपालिकाको शुरुवात गरीयो । 

मिति  २०७३।१०।०३

बि.सं २०७१ बैशाख २५ गते घोषणा भई २०७१ जेष्ठ १४ गते स्थापना भएको गढिमाई नगरपालिका तत्कालिन भवानीपुर जितपुर, प्रि्रा सिमरा, डुमरवाना, फत्तेपुर र छातापिपरा गाँउ विकास समितिहरु मिलेर बनेको छ । यो नगरपालिकामा राष्ट्रिय गौरबको रुपमा रहेको निर्माणाधिन दोश्रो अर्न्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडर, कृषि तथा ब्यापारिक केन्द्रको पहिचानको रुपमा रहेको बिदितै छ । १६ वटा वडामा बिभाजित यस नगरपालिकाको कुल क्षेत्रफल १५३.९ बर्ग कि.मि. रहेकोछ भने २०६८ को जनगणना अनुसार कुल जनसंख्या ८३,३६७ रहेको छ । स्थानिय निकाय पर्ुनसरचना आयोगले नेपाल सरकारलाई हालै बुझाएको प्रतिवेदनमा यस नगरपालिकालाई उपमहानगरपालिकामा सिफारीस गरीएको छ ।  

आगामी आ.व. २०७४।७५ को नगर विकास योजना तर्जुमा गर्दा प्रत्येक वडाका बस्ति र टोल विकास संस्थाहरुबाट योजनाको माग संकलन गरी वडा नागरिक मञ्च हुदै वडा भेलाहरु मार्फ सहभागीतामुलक योजना तर्जुमाका १४ चरणका प्रक्रियाको अभ्यास गर्दै राजनैतिक दलहरुको औपचारिक अनौपचारिक पर्रार्मश तथा सक्रिय एवंम रचनात्मक सहभागीता साथै नगरस्तरीय एकिकृत योजना तर्जुमा समितिबाट योजना तथा कार्यक्रमलाई अन्तिम रुप प्रदान गरी नपा बोर्ड बैठक हुदै परिषद् सम्पन्न गर्न आई पुगिएकोले बस्तिस्तर, वडास्तर, नगरस्तरका आवश्यकता र चाहनालाई यस चौथौ नगरपरिषद निर्ण्र्ले सम्बोधन गर्ने अपेक्षा यस नगरपालिकाले गरेको  छ ।

, , ,
1