तेश्रो नगर परिषद् र्सार्वजनिकिकरण कार्यक्रम

यस गढिमाई नगरपालिकाको गरिमामय तेश्रो नगर परिषद् को उद्घाटन प्रमुख अतिथि माननिय संघिय संघिय मामिला तथा स्थानिय बिकास सहायक मन्त्री श्री बिराज बहादुर बिष्टज्यू बाट भयो । माननिय सांसदज्यू तथा अन्य अतिथि ज्यूहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, पत्रकार ज्यूहरु, अन्य उपस्थित सबै आमन्त्रित अतिथि ज्यूहरु को उपस्थितिमा उक्त तेश्र्रो नगर परिषद् सफलताका साथ सम्पन्न गरीयो ।
आजको निर्वाचित जनप्रतिनिधि नभएको अवस्था र नागरिकहरुमा स्थानीय निकाय प्रतिको गुम्न लागेको जनबिश्वास एवम् मूल्यमान्यताको पुनः स्थापना गर्नुपर्ने चुनौतिलाई महशुस गरी राजनीतिक दल, नागरिक समाज, बुद्धिजीविहरुको सुझाव, सल्लाह र परामर्श लिनुका साथै स्थानीय स्वायत्त साशन ऐन २०५५, नियमावली २०५६, स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ र स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ नगरपालिका संचालन निर्देशिका, स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यबिधि तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट विभिन्न समयमा प्राप्त भएका नीति निर्देशनको अधिनमा रही यो नीति तथा कार्यक्रम तयार गरीएको थियो । कार्यक्रमका सभापति तथा कार्यकारी अधिकृत श्री नाथु साह द्धारा नीति तथा कार्यक्रमलाई र्सार्वजनिकीकरण गरीयो ।