पुबृ पश्चिम लोकमार्ग बिशेष सरसफाई अभियान २०७२।०९।११

सरसफाई कार्यक्रमका आफ्नो प्रस्तुति राख्दै हास्य कलाकारद्घय धुर्मुस

पुव पश्चिम लोकमार्ग अन्तगर्त समाबेश भएको यस गढिमाई नगरपालिका वडा नं १ स्थित पथलैया चौकमा मेरी बास्सैका कलाकारद्घय धुर्मुस र सुन्तलिको यो सरसफाई अभियानले बाताबरण संरक्षण तथा फोहोरमैला ब्यवस्थापनको लागि प्रेरणा र सुझाब दिएर यस नगरपालिका क्षेत्र भित्रको फोहोर लाई ब्यवस्थित गर्ने र साथै त्यँहाको जनसहभागितात्मक उपस्थितिले यस अभियानलाई हर्षा साथ नगरबासीहरुमा पनि सरसफाई गर्नु पर्छ भन्ने सोच जनताको माझमा पुर्‍याउन सफल भएको छ ।
उक्त कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका पदाधिकारीहरु, अन्य स्थानिय निकायका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका १६ वटा वडा संयोजकहरु, संघ सस्थाका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा जवान हरु र सोहि क्षेत्रका स्थानिय नगरवासीहरुको साथै यस नगरपालिका कार्यालयका सम्पर्ुण्ा कर्मचारीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको आयोजना सोहि मन्त्रालयबाट भएको थियो भने सहयोगि निकाय यसै गढिमाई नगरपालिकाको भुमिका रहेको छ । उक्त कार्यक्रमको केहि तस्बिरहरु तल राखिएका छन ।